काठमाडौँ । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५.१७ अंकको सुधार आएको छ ।दिनभर तीव्र घटबढ भइरहेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ०.२७ प्रतिशतले बढेर बन्द भएको हो । यससँगै, परिसूचक १८६३ अंकमा पुगेर रोकिएको छ ।
७८ करोड २७ लाख रुपैयाँ बराबरको ३१ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा १२४ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ९३ कम्पनीको सेयर मूल्य घट्दा २२ कम्पनीको सेयर मूल्यमा भने केही परिवर्तन भएको छैन ।
परिसूचक बढ्दा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.०७ प्रतिशतले बढेको छ । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा ६.३८ प्रतिशतको गिरावट आएको छ । यसक्रममा आज सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको सेयर सबैभन्दा धेरै ५ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्ड समूहमा कुनै पनि परिवर्तन आएको छैन । विकास बैंकसहित होटल र टुरिजम समूह, लगानी र निर्जीबन बीमा समूहको सूचकमा गिरावट आएको छ । यसबाहेक, अन्य समूहको सूचकमा भने सुधार आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ कार्तिक २०८०, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि
सेयर बजार २७३४ अंकमा झर्यो, घट्यो कारोबार
नेप्से परिसूचक १३.३ अंकले घट्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
नेप्से ४ अंकले घट्यो, कारोबार साढे ५ अर्बमा सीमित