काठमाडौं । गएको शुक्रबार मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि त्यहाँका प्रभावितहरुको राहतको लागि रकम उठ्न थालेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले औपचारिक रुपमा आव्हान गरेपछि सहयोग रकम उठ्न थालेको हो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आजसम्ममा दुई करोड २२ लाख २१ हजार एक सय ११ रुपैयाँ जम्मा भएको जनाइएको छ ।
सोमबार अपराह्नसम्म भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार एक सय ११ हजार रुपैयाँ, बुद्ध एयरबाट एक करोड रुपैयाँ र एलपी ग्यास कम्पनीले ११ लाख ११ हजार रुपैयाँ जम्मा गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ कार्तिक २०८०, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड दाखिला