चितवन । भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ लाई लक्ष्ति गर्दै ग्रामिण क्षेत्रमा वृक्षरोपण गर्न सुरु गरेको छ । भरतपुरको वडा नम्बर १८ मा सोमबार (आज) वृक्षरोपण गरी अभियानको सुरुवात गरिएको हो । ग्रामिण अभियानको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वृक्षरोपण गरेर उद्घाटन गरिन् ।
यस्तै भरतपुर १८ र १९ को सिमानामा बनेको प्रवेशद्वारको पनि प्रमुख दाहालले उद्घाटन गरिन् । भरतपुर भ्रमण वर्षलाई भव्य बनाउनका लागि महानगरले हरियाली प्रर्वद्धन तथा सरसफाई कार्यक्रमलाई महानगरदेखि वडास्तरसम्म अभियानलाई अगाडि बढाएको छ ।
भरतपुरमा ६५० किमी सडक कालोपत्रे भईसकेकाले महानगरले सडकको दायाँ बायाँ वृक्षरोपण गर्ने कार्यलाई प्राथामिकतामा राखेको छ । वृक्षरोपणको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले भरतपुरका २९ वटै वडामा वृक्षरोपणलाई अगाडि बढाइने उल्लेख गरिन्। उनले टोल विकास संस्था र सामाजिक संघ संस्थालाई वृक्षरोपणमा सहयोग गर्न अपिल गरिन् ।सो अवसरमा प्रमुख दाहालले कच्ची रहेका सडकको निर्माण कार्यलाई धुलोमुक्त बनाउन महानगरपालिका प्रयासरत रहेको बताइंन् ।
कार्यक्रममा भरतपुर वडा नम्बर १८ का अध्यक्ष बाबुराम रानाले भ्रमण वर्ष सफल बनाउन वडामा वृक्षरोपण तथा सरसफाई गर्ने कार्यलाई निरन्तर अगाडि बढाएको बताए । भरतपुर १८ लाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने गरी विभिन्न गतिविधि गर्ने उल्लेख गरे । लक्ष्मी सनराईज बैकको सामाजिक उत्तरदायित्व अन्र्तगत विरुवा तथा रिङ उपलब्ध गराएको थियो ।
भरतपुर महानगरले यस अघि बजार क्षेत्रमा वृहत सरसफाई तथा वृक्षरोपण कार्यक्रम गर्दै आईरहेको थियो । महानगरले झण्डै ५ करोड रुपैयाँ हरियाली प्रर्वद्धनका लागि बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० कार्तिक २०८०, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको गाजर र चुकन्दर जर्मन निर्यात
भरतपुर महानगर र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो
भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम