काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशस्तरिय प्रशिक्षक प्रशिक्षण शिबिर सुरु गर्न लागेको छ ।
सिराहाको लाहानस्थित मारवाडी सेवा सदनमा आजदेखि ३ दिने प्रशिक्षण शिबिर सञ्चालन गर्न लागेको हो । पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय तहका नेताहरु, प्रदेश समितिका सदस्यहरु, जिल्ला तथा स्थानीय तहका प्रतिनिधिहरु प्रशिक्षणमा सहभागी हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
प्रशिक्षणमा बौद्धिक पेसाकर्मी महासंघ, युवा संघ, विद्यार्थी युनियन, महिला संघलगायतका भ्रातृसंगठनका प्रतिनिधिहरुलाई पनि सहभागि गराइने भएको छ ।
प्रशिक्षणमा सहभागी प्रत्येक प्रतिनिधिको लागि प्रवेश शूल्क निर्धारण गरिएको मधेस प्रदेश समितिका पार्टी स्कूल तथा प्रशिक्षण विभाग प्रमुख रामपृत पासवानले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० कार्तिक २०८०, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा विभाजनको निर्णय यथास्थितिमा राख्न निर्वाचन आयोगलाई सर्वोच्चको आदेश
जसपा नेपालको केन्द्रीय समिति बैठक आज
जसपाले २ मन्त्री र १ राज्यमन्त्रीको नाम प्रधानमन्त्रीलाई पठायो
जसपा नेपालको केन्द्रीय समिति बैठक जारी
जसपा नेपालले सरकारबाट समर्थन फिर्ता लिने
जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक