म एकदिन घरमा यस्तो रिसाएँ कि अब ठुलो नभएसम्म र पैसा आफैं ले नकमायसम्म कहिले फर्किन्न भनेर घर छाडेर हिँडे । रिसको कारण थियो मेरो बुवाले मलाई एउटा ल्यापटप पनि किन्दिन सकेनन् ।
जाबो एउटा ल्यापटप पनि किन्दिन नसक्नेले मलाई किन पाइलट बनाउने सपना देख्नु ? आफ्नो सपना किन अरुमाथी थोपार्न खोज्नु ?
रिसको झोकमा मैले यो पनि महशुस गरिन कि मैले बुवाको चप्पल लगाएर हिँडेको रहेछु । मैले केहि पैसाको लागी उहाँको पर्स पनि चोरेर हिंडेको थिएँ । त्यो पर्समा केहि च्यातिएका कागजका टुक्राहरु मेरी आमाले नदेखुन् भनेर एउटा कुनामा लुकाएर राखिएका थिए ।
जब म बस पक्रन बस स्टेसन तर्फ लम्किदैँ थिएँ तब मेरो खुट्टामा केहि बिझाएजस्तो भयो ।
अलि पर पुगेर चप्पल खोलेर हेर्दा केहि च्यातिएको र च्यतियको ठाँउ मा काटि ले खोपी पोड्का को सरो ले बाधी गाठो रहेको थियो र साना साना प्वालहरु पनि थिए ।
स्टेसनमा कुनै बस नभएकाले मैले त्यहिँ एकछिन बसेर बुवाको पर्स खोलेर हेर्ने निधो गरेँ । पर्समा २० हजारको बिल रहेछ जुन मलाई बुवाले लसाम्सुङ मोबाइल किन्नका लागी ॠण लिएका थिए ।
अचम्मको कुरा मैले त्यहाँ बुवाको म्यानेजरले बुवालाई लेखेको एउटा नोटिस भेटेँ जहाँ भनिएको थियो – भोलिदेखीchचप्पल होइन जुत्ता लगाएर अफिस आउनु ।’ अनि मैले सम्झेँ कि जब आमाले बुवालाई जुत्ता किन्न भन्थिन् तब बुवा सधैँ भन्थे ‘यो चप्पल अझ ५ /७ महिनासम्म टिक्छ ।’
अनि मैले अर्को कागज पनि भेटेँ जुन एक्स्चेन्ज लेटेर’ रहेछ । बुवाले मलाई ल्यापटप किन्न का लागी आफ्नो बाइक नै नै बेचेका रहेछन् ।
तब म आफुलाई एकदम कमजोर महशुस गरेँ र आफैलाई सम्हाल्नै सकिन्न । आँखाबाट आँशुका धारा रोकिएनन् । अनि हत्तारिएर घर गएँ र बुवालाई अङ्गालो हालेर भनेँ ‘ बुवा, अब मलाई ल्यापटप चाहिँदैन ।’
म सधैँ सोच्थेँ बुवा लोभी भएर फाटेको लचप्पल लगाएको होलान् तर होइन रहेछ पैसा कमाउन त निक्कै गार्हो भएर पो रहेछ ।
राजन बस्नेत
चरिकोट , दोलखा
१० औं लघुकथा दिवस
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ भदौ २०७५, ०९ : ०८
लेखकबाट थप