गुल्शन झाले लिए ओमानको दोस्रो विकेट

सफल खबर संवाददाता

आइतबार, १९ कार्तिक २०८०, १३ : ३८
गुल्शन झाले लिए ओमानको दोस्रो विकेट

 काठमाडौं । आक्रामक जवाफी ब्याटिङ गरिरहेको ओमानको दोस्रो विकेट गुल्सन झाले लिएका छन् । १८ बलमै ३३ रन प्रहार गरिसकेका अकिब ल्यासलाई झाले सन्दीप जोराबाट क्याच आउट गरएका हुन् । ओमानले दुई विकेटको क्षतिमा ९ ओभरमै ९७ रन बनाइसकेको छ ।

पहिलो विकेट सोमपाल कामीले लिएका थिए । २७ रन जोड्दा विकेट गुमाएको ओमानका लागि कश्यप प्रजापतिसँग अकिबले आक्रमक खेल्दै ९४ रनको साझेदारी गरिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस