काठमाडौं। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जाजरकोटमा शुक्रवार राति गएको विनाशकारी भूकम्पबाट प्रभावितहरूको शीघ्र उद्धार, उपचार तथा एकद्वार प्रणालीबाट राहत वितरणका लागि सरकारलाई निर्देशन दिएको छ ।
आइतवार सिंहदरबारमा बसेको समिति बैठकले भूकम्पले पुर्याएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै उद्धार तथा राहतमा प्रभावकारी ढंगले काम गर्न सरकारलाई निर्देशन दिएको हो ।
'भूकम्पबाट प्रभावित व्यक्तिहरूको शीघ्र उद्धार, घाइतेहरूको शीघ्र उपचार, पीडितहरूलाई एकद्वार प्रणालीमार्फत उचित राहत, पुन:स्थापना र क्षति भएका संरचनाहरूको उपयुक्त मोडालिटी तय गरी शीघ्र पुन:निर्माणको व्यवस्थापनमा तत्काल जुट्न यो समिति नेपाल सरकारलाई निर्देशन गर्दछ,' निर्णयको दोस्रो बुँदामा भनिएको छ ।
समिति सभापति दिलकुमारी रावल थापा 'पार्वती'को अध्यक्षतामा बसेको बैठकले काठमाडौंको डाँछीमा सञ्चालनमा रहेको लागत प्रभावी अर्ग्यानिक कृषि प्रविधिको स्थलगत अवलोकन गर्ने निर्णय पनि गरेको छ ।यससँगै समितिको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ कार्तिक २०८०, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित
भूकम्पपीडितका लागि थप ६६ करोड डलर खर्च गर्ने जापानी प्रधानमन्त्री किशिदाको घोषणा