तिहारमा फ्लोरा एक्सपोमा गोदावरी र सयपत्रीको अत्याधिक माग

सफल खबर संवाददाता

आइतबार, १९ कार्तिक २०८०, १० : २२
तिहारमा फ्लोरा एक्सपोमा गोदावरी र सयपत्रीको अत्याधिक माग

काठमाडौँ । भृकुटीमण्डपमा पाँच दिनसम्म सञ्चालन भएको तिहार लक्षित फलफुल, नर्सरी तथा जडीबुटीहरूको प्रदर्शनी मेला तिहार फ्लोरा एक्सपो २०८० शनिवारबाट सम्पन्न भएको छ ।

पाँच दिने तिहार फ्लोरा एक्सपोमा ६० लाख बढीको फलफूल तथा बिरुवाको कारोवार भएको आयोजक नर्सरी व्यववसायी संघले जनाएको छ । कात्तिक १४ गतेबाट शुरु भएको मेलाको ३० हजार बढीले अवलोकन गरेको नर्सरी ब्यवसायी संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए । 

६२ वटा स्टलमा बिभिन्न जातका फलफुल बिरुवा तथा नर्सरीहरू प्रदर्शनका लागि राखिएको थियो । मेलामा फलफुल, नर्सरी, जडीबुटी, मल खाद, बिउ बिजन, औजार गमलालगायत बिरुवाको संरक्षणको लागि चाहिने आवश्यक सामग्रीहरूको स्टल राखिएको थियो । तिहार फ्लोरा एक्सपोमा राखिएका स्टलहरूबाट ५० हजारदेखि १० लाख बढीसम्म ब्यवसायीहरूले फलफूल,बिरुवा तथा औजारहरूको व्यापार गरेको बताइएको छ । 

तिहार लक्षित गोदावरी र सयपत्रीको माग अत्याधिक भएकोले स्टलनै खाली हुनेगरी बिक्री भएको व्यवसायीले बताए । एकै ठाउँमा धेरै जात जातिका आउटडोर इन्डोर प्लान्टहरू छानीछानी पाइने भएकोले फूल बिरुवाका पारखीहरूको मेलामा भीड लागेको र आफुले उत्पादन गरेको फलफूल तथा बिरुवाको राम्रो बिक्री भएकोमा व्यवसायीहरू खुशी देखिए  ।

 मेलाको अन्तिम दिन शनिबार ग्राहकहरूको अत्याधिक भीड लागेकोले स्टलहरू नै खालि हुनेगरी फलफूल तथा बिरुवाको बिक्री भएको आयोजकले जनाएको छ । नर्सरी व्यवसायीसंघले ब्यवसायीहरूको हक हकहितको लागि र ग्राहकको सुविधाको लागि भनेर पहिलोपटक गरेको तिहार फ्लोरा एक्सपो सफल भएको बताएको छ । 

व्यवसायीहरूले उत्पादन गरेको फलफूल बिरुवाको बजार प्रबद्र्धन गर्न र उपझोक्ताको माग पुरा गर्न यस्ता मेलाहरूको आयोजना गरिरहने  एक्सपोका संयोजक रबिन कुमार गौतमले बताए ।

 

प्रतिक्रिया दिनुहोस