काठमाडौं। जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति गएको भूकम्पका पीडितहरूका लागि कोशी प्रदेश सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
शनिवार बसेको मन्त्रीपरिषद्को बैठकले कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा एक करोड जम्मा गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता शमशेर राईले बताए । उनका अनुसार एक ट्रक जिन्सी सामग्री पनि उपलब्ध गराउने निर्णय गरेको छ ।
कमल, त्रिपाल, म्याट लगायतका सामग्री उपलब्ध गराइने प्रवक्ता राईले बताए ।जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युटको भूकम्प गएको थियो । अहिलेसम्म १३८ जनाको निधन भइसकेको छ भने कम्तीमा १६६ घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित
भूकम्पपीडितका लागि थप ६६ करोड डलर खर्च गर्ने जापानी प्रधानमन्त्री किशिदाको घोषणा