एजेन्सी । भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा बंगलादेशमाथि सहज जीत निकाल्दै पाकिस्तानले सेमिफाइनल सम्भावना जीवितै राखेको छ ।
मंगलवार राति सकिएको खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटको भारी अन्तरले हराउँदै सेमिफाइनल सम्भावना कायमै राखेको हो ।
यस जीतले पाकिस्तान ६ अंकसहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । सहभागी १० मध्ये ४ टोलीले सेमिफाइनलमा स्थान बनाउँछन् । अब बाँकी २ खेलमा सुखद नतिजा निकाले र अन्य समीकरण पनि मिले पाकिस्तान सेमिफाइनलमा पुग्नेछ ।
बंगलादेशले दिएको २०५ रनको झिनो लक्ष्य पाकिस्तानले ३२.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो
पाकिस्तानका लागि फकर जमान र अब्दुल्लाह शफिकले अर्धशतकीय पारी खेले जमानले सर्वाधिक ८१ तथा शाफिकले ६८ रन बनाए ।
कप्तान बाबर आजम भने ९ रनमै आउट भएका थिए ।मोहम्मद रिजवान र इफ्तिकर अहमदले अविजित क्रमशः २६ र १७ रन जोडेपछि पाकिस्तानले लक्ष्य भेट्टाएको हो ।
बंगलादेशका मेन्दी हसन मिराजले सर्वाधिक ३ विकेट लिए ।यसअघि कोलकातामा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४५.१ ओभरमा सबै विकेट गुमाएर २०४ रन बनाएको थियो ।
बंगलादेशका लागि महमुदुल्लाहले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५६ रन बनाएका थिए ।
पाकिस्तानका लागि शाहीन शाह अफ्रिदी र मोहम्मद वासिमले सर्वाधिक ३–३ विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १५ कार्तिक २०८०, ०७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेल बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण-स्तर’ को अपरेसन सुरु
पाकिस्तान : यात्रुवाहक बसका ७ जनाको गोली हानी हत्या
पाकिस्तानको बलुचिस्तानमा १८ सैनिक र २३ विद्रोही मारिए
पाकिस्तानमा १४औं साग आयोजनाका लागि बैठक आह्वान
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते
पाकिस्तानका सोहेब मक्सुद जनकपुर बोल्ट्सबाट एलपीएल खेल्ने