साम्राज्ञी ब्रेकअप र अफेयरको चक्करमा, अहिले देवांश जबरासँग अफेयर

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०७५, १९ : १२
साम्राज्ञी ब्रेकअप र अफेयरको चक्करमा, अहिले देवांश जबरासँग अफेयर


काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवांश जंगबहादुर राणासँग रहेको खुलासा भएको छ ।

उनीहरू तीन महिनादेखि प्रेम सम्बन्धमा रहेका छन् । नेपाली फिल्मी दुनियाँमा नाम कमाउन सफल रहेकी साम्राज्ञी सानै उमेरमा ब्रेकअप र अफेयरको चक्करमा पर्न थालेकी छन् । यसअघि उनको डेजाभू क्लवमा सञ्चालक मध्येका एकजना मयंक खड्कासँग प्रेम सम्बन्ध थियो ।

साम्राज्ञीले अभिनय गरेको ‘इन्टु मिन्टु लन्डनमा’ फिल्मकी निर्देशक रेनशा बान्तवा राईको जन्मदिनका बेला उनीहरूको प्रेम सम्बन्धको खुलासा भएको थियो । पार्टीमा साम्राज्ञी र देवांशले ‘क्लोजप’ सेल्फीमात्र खिचेनन्, आलिंगनमा बाँधिएर पनि नाचेका थिए ।

साम्राज्ञीले आफ्ना हरेक प्रेमीलाई फिल्मका कार्यक्रममा लैजाने गरेकी छन् । देवांशको फिल्मी युनिटसँग परिचय नभए पनि साम्राज्ञीका कारणले त्यहाँ पुगेका थिए

देवांशले स्वजरल्यान्डको एक कलेजबाट हस्पिटालिटी म्यानेजमेन्टमा ग्राजुएसन गरेका छन् ।

केही समयअघि मात्र मयंकसँग उनको ब्रेकअप भएको थियो । मयंक ३३ लाख ठगीको काण्डमा प्रहरीको नियन्त्रणमा समेत परेका थिए ।

सामाजिक सञ्जालमा दुवैको प्रेमिल तस्बिर सार्वजनिक भइरहे । साम्राज्ञीको फिल्म सुटिङस्थलमा मयंक पुगिरहन्थे । दुवैबीचको प्रेम यात्रा कसै सामु लुकेको थिएन ।

मयंकले भनेका थिए,‘हामी रिलेसनमा थियौं तर ब्रेकअपको कारण भने खुलाउन चाहन्नँ ।’

चार वर्ष अघिदेखि ग्ल्यामर यात्रा सुरु गरेकी साम्राज्ञी र मंयकबीचको भेट र प्रेम यात्रा उनीहरुले तस्बिर सार्वजनिक गर्न थालेपछि खुलेको थियो ।

अहिले देवांशसँगका तस्बिरहरू त्यसरी नै सार्वजनिक हुन थालेका छन् । इन्टु मिन्टु लन्डनमा भन्ने फिल्मको सुटिङका क्रममा नै देवांशसँग साम्राज्ञी नजिकिएको थाहा पाएपछि मयंकसँग उनको सम्बन्ध चिसो बनेको थियो ।

प्रतिक्रिया दिनुहोस