चौधरी ग्रुपको सिजी मोबाइलस्ले ल्यायो नयाँ मोबाइल 'ब्लेज जी'

आइतबार, ०९ पुस २०७४, १२ : १०
चौधरी ग्रुपको सिजी मोबाइलस्ले ल्यायो नयाँ मोबाइल 'ब्लेज जी'

चौधरी ग्रुप अन्तर्गतको ब्राण्ड सि. जी. मोबाइलस्ले ब्लेज जी नामक नया“ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । कम्पनीले जनाए अनुसार नयाँ मोडल ब्लेज सिरिज अन्तर्गत ल्याइएको हो । मूल्य रु ५६९९ तोकिएको फोनमा उत्कृष्ट क्यामरा र शान्दार डिजाइन रहेको कम्पनीले निकालेको विज्ञप्तीमा जनाएको छ ।

फोनमा राम्रो तस्बीरको लागी ५.० मेगा पिक्सेलको रियर क्यामरा छ र सेल्फीका लागी एल इ डि लैस भएको २.० मेगा पिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । अरु विशेषता जस्तै अटो एच डि आर, पानारोमा, फेश ब्यूटी, अटो सिन डिटेक्शन, अटो नाईट मोड, सिन पे्रफम आदी रहेका छन् ।

यो फोनमा ४ ईन्चको डिसप्ले र २.५ डि कर्भड् ग्लास प्यानल रहेको हुदा यो फोन हेर्दा आकर्षक र चलाउ“दा झन उल्लेखनिय छ । ब्लेज जीमा क्वाडकोर प्रोसेसर, १ जिबी र्याम, ८ जिबी रोम रहेको छ । यसमा ३२ जिबी सम्मको थप मेमोरि राख्न सकिने छ । यि विशेषताले गर्दा फोनमा राम्रा भिडियो सजिलै हेर्न सकिन्छ ।
यो विधाका फोनहरुमा गुगल मान्यता प्राप्त एन्ड्रोइड प्रणाली रहेको ब्लेज जी नेपाली बजारमा ल्याइएको प्रथम फोन हो । कम्पनी अनुसार यो फोन नेपाल भरीनै पाउन सकिन्छ ।   

प्रतिक्रिया दिनुहोस