काठमाडौं। त्रिदेशीय टी–२० सिरिजमा हङकङविरुद्ध नेपालका कुशल मल्लले अर्धशतक बनाएका छन् । ३० बल खेलेर नटआउट रहेका उनले २ चौका र ५ छक्का प्रहार गरेका छन् । अहिले उनलाई दीपेन्द्र सिंह ऐरीले साथ दिइरहेका छन् । ऐरी ३९ रन बनाएर खेलिरहेका छन् ।
यसअघि आशिफ शेखले २० रन बनाउँदा कप्तान रोहित पौडेल ११ रन बनाएर आउट भए । नेपालका लागि सोमपाल कामीले ८ रन र कुशल भुर्तेलले २ रन मात्रै बनाए ।हङकङका लागि आयुश शुक्ला, हारूम अर्शद, ऐजद खान र मोहम्मत घाजानफारले एक/एक विकेट लिए ।
नेपालले यसअघि यूएईलाई ७ र हङकङलाई ६ विकेटले पराजित गरेको थियो । आजको खेल जिते नेपाल सिरिजको फाइनलमा पुग्नेछ । नेपालले चार अंक जोड्दा यूएई र हङकङले अंक जोड्न सकेका छैनन् । तीन टिमबीच दुई दुई खेलपछि अंक तालिकामा शीर्ष दुईमा हुनेले फाइनल खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ कार्तिक २०८०, १२ : ३१
लेखकबाट थप