आजदेखि देशभर ‘पशुपति प्रसाद २ : भष्मे डन’ प्रदर्शनमा

सफल खबर संवाददाता

शनिबार, ०४ कार्तिक २०८०, १२ : २०
आजदेखि देशभर ‘पशुपति प्रसाद २ : भष्मे डन’ प्रदर्शनमा

काठमाडौँ । आजदेखि देशभर फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ प्रदर्शनमा आएको छ । फूलपातीको अवसर पारेर ६ दिन दसैँको बिदालाई मध्यनजर गर्दै प्रदर्शनमा आएको फिल्म प्रति दर्शक उच्च अपेक्षा छ । फिल्मले बम्पर कमाई गर्ने देखिएको छ । 

 

फिल्मका लागि देशभरका मल्टिप्लेक्सहरुले राम्रो शो दिएको छ । दोस्रो ठुलो मल्टिप्लेक्स चेन आइएनआईले आफ्नो तीन स्टेसनमा फिल्मलाई १५ शो दिएको छ । काठमाडौँका वान सिनेमाजले दुई स्टेसनमा कूल १३ शो, रञ्जना सिनेप्लेक्स, विएसआर मुभिज र बिग मुभिजले समान ६/६ शो, एफक्यूबले ९ शो दिएको छ । कीर्तिपुर सिनेप्लेक्सले पनि राम्रो शो दिएको छ । 

 

फिल्मले देशभरका मल्टिप्लेक्सहरुमा डेढ सयभन्दा बढी शो पाएको देखिन्छ । शनिबार सबै शो हाउसफुल भएको अवस्थामा पनि छ । फिल्मले २ करोडमाथि ओपनिङ गर्ने अनुमान गरिएको छ । सिंगल थियटरमा पनि फिल्मले राम्रो दर्शक पाउने अनुमान छ ।

७ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद’को एक चरित्र ‘भष्मे डन’मा केन्द्रित फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिश्री थापा, सजन थापा मगर, विभु पौडेल लगायतको अभिनय छ ।दीपेन्द्र के. खनालद्वारा निर्देशित फिल्मको निर्माता तथा लेखक खगेन्द्र लामिछाने हुन् ।

प्रतिक्रिया दिनुहोस