काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यातायात व्यवस्था कार्यालयमा डिजिटल कारोबार गर्ने सुविधा ल्याएको छ ।नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले देशको विभिन्न क्षेत्रहरुमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरुबाट क्युआर कोड मार्फत विभिन्न शिर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ ।
यो सुविधाले गर्दा यातायात व्यवस्था कार्यालयमा हुने नगद कारोबारमा कमि भइ सेवा ग्राहिहरुलाई लामो समय लाइनमा बसेर नगद तिर्नुपर्ने झन्झटको अन्त्य भएको छ ।क्युआर कोड प्रणालीवाट राजश्व संकलन गर्दा समयको बचत र पारदर्शी कारोवार हुनुका साथै नगद रहित कारोवारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ ।
हाल यो सुविधा यातायात व्यवस्था कार्यालयहरु विर्तामोड, जनकपुर, नेपालगञ्ज, सुर्खेत, इटहरी, हेटौँडा, सल्लाघारी, ठुलो भर्याङ, सानो भर्याङ, नारायणगढ, महेन्द्रनगर बाट सुचारु गरिएको बैंकका सूचना अधिकारी बिजेन्द्र सुवालले जानकारी दिए ।
बैंकले २६० शाखा, २५७ एटीएम, ६३ एक्सटेन्सन काउन्टरहरु र १०७ शाखारहित बैंकिङ्क काउन्टरहरूबाट आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ कार्तिक २०८०, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्दै