काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन तीन घण्टा विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयबाट जारी प्रेस नोटअनुसार शीतलनिवासमा दिउँसो २ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।
राष्ट्रपतिबाट विशिष्ट व्यक्तिहरूलाई २ देखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । पहिलो श्रेणीमा सम्माननीयहरू, उपप्रधानमन्त्री र मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, संघीय सांसदहरु, संवैधानिक निकायका पदाधिकारीहरू तथा विशिष्ट व्यक्तिहरू रहनेछन् ।
यस्तै निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृत स्तरसम्मका राष्ट्रसेवकले राष्ट्रपतिबाट टीका ग्रहण गर्न सक्नेछन् । राष्ट्रपति कार्यालयले सबैलाई मर्यादित पोसाकमा आउन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ कार्तिक २०८०, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति
पानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की
नेपाली सेना अन्तरराष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान : राष्ट्रपति पौडेल
महावीरको मार्गदर्शन परिपालन गर्न सके राष्ट्रिय एकता सुदृढ हुन्छ : राष्ट्रपति
राष्ट्रपति पौडेलद्वारा रामनवमी पर्वको शुभकामना