काठमाडौं। त्रिदेशीय क्रिकेट शृंखलाअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाललाई तेस्रो झट्का लागेको छ ।मूलपानी क्रिकेट मैदानमा १४१ रनको लक्ष्य पछ्याएको नेपालले नवौं ओभरमा ५१ रन जोड्दा ३ विकेट गुमाएको हो ।
यसक्रममा आशिफ शेख २३, कुशल भुर्तेल १४ र कुशल मल्ल ११ रन बनाएर आउट भए ।यो समाचार तयार पार्दासम्म नेपालले ९ ओभर ३ बलमा ३ विकेट गुमाएर ५९ रन जोडेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, १५ : ५०
लेखकबाट थप