काठमाडौं। जेनेभा–संयुक्त राष्ट्रसंघ, मानवअधिकार प्रमुख भोल्कर टर्कले मङ्गलवार राति विज्ञप्ति जारी गर्दै गाजा शहरको अल अहली अरब अस्पतालमा भएको हमलाको कडा शब्दमा निन्दा गरेका छन् । आक्रमणमा परी सयौं मानिसको ज्यान जाने घटना पूर्णरूपमा अस्वीकार्य भएको उनले बताएका छन् ।
‘स्तब्ध छु । आज राति, सयौं मानिसहरू भयानक रुपमा मारिए,’ उनले भनेका छन् । गाजा शहरको अल अहली अरब अस्पतालमा गरिएको घातक आक्रमणमा बिरामी, स्वास्थ्यकर्मी र कुराहरू पीडित भएकोमा दुःखी छु,’ उनले भनेका छन् ।
प्यालेस्टिनी स्रोतका अनुसार कम्तीमा ५०० प्यालेस्टाइनी मारिएका छन् । स्थानीय प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताएअनुसार रकेट अस्पतालमा ठोक्कियो र ठूलो विस्फोट भएको थियो।‘हामीलाई यो नरसंहारको पूर्ण मात्रा थाहा छैन, तर के स्पष्ट छ भने हिंसा र हत्याहरू पूर्णरूपमा रोकिनुपर्छ । यस्ता घटना रोक्न सबै राष्ट्र एकजुट हुनुपर्छ,’ टर्कले भने ।
त्यहाँ मानिसलाई सुरक्षित गर्न र मानवीय सहायता प्रदायकहरूलाई त्यहाँ तुरुन्तै पुग्न अनुमति दिनुपर्ने उनको जोड छ ।मिडिया रिपोर्टका अनुसार गाजाको मध्य क्षेत्रमा रहेको शरणार्थी शिविरमा रहेको संयुक्त राष्ट्रसंघको विद्यालयमा मङ्गलवार दिउँसो आक्रमण हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको थियो। त्यहाँ शरण खोजिरहेका करिब ४ हजार मानिसहरूले लागि आश्रय लिइरहेका थिए ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले मङ्गलवार राति अल अहली अरब अस्पतालमा भएको आक्रमणको विरोधमा विज्ञप्ति जारी गर्दै ठूलो मात्रामा घटना भएको जानकारी दिएको छ।‘अस्पताल सञ्चालनमा थियो, बिरामीहरू, स्वास्थ्यकर्मीहरू र आन्तरिक रूपमा विस्थापित मानिसहरू त्यहाँ आश्रय लिएका थिए ।
यो अस्पताल इजरायली सेनाबाट निकासी आदेशको सामना गरिरहेका गाजा पट्टीको उत्तरमा अवस्थित २० मध्ये एक हो,’ डब्ल्यूएचओले भनेको छ, ‘डब्ल्यूएचओले नागरिक र स्वास्थ्यकर्मीहरूको तत्काल सक्रिय सुरक्षाको लागि आह्वान गर्दछ, निकासी आदेशहरू उल्टाउनुपर्दछ, र अन्तरराष्ट्रिय मानवीय कानूनको पालना गरिनुपर्छ, जसको अर्थ स्वास्थ्य सेवा सक्रिय रूपमा सुरक्षित हुनुपर्छ र आक्रमणबाट लक्षित गरिनु हुँदैन ।’
मङ्गलवार राति जारी गरिएको समाचार टिप्पणीमा, रेड क्रसको अन्तरराष्ट्रिय समिति (आईसीआरसी)ले गाजाको अल अहली अरब अस्पताल ध्वस्त भएको र सयौंको ज्यान गएको घटनाले स्तब्ध र भयभीत भएको बताएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिणी लेबनानबाट शान्ति सेना नहटाउने राष्ट्रसंघको अडान
इजरायलको पछिल्लो निकासी आदेशपछि ६० हजार गाजावासी विस्थापित : राष्ट्रसंघ