काठमाडौँ । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा परि ज्यान गुमाएका १० मध्ये ५ जना विद्यार्थीको शव सरकारले प्राप्त गरेको छ ।
तेल अभिभमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति निकालेर यसबारे जानकारी दिएको हो । आक्रमणमा ज्यान गुमाएकामध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको दूतावासले जनाएको छ ।
यस्तै उपलब्ध संयन्त्रहरूको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी भइरहेको विज्ञप्तिमा उल्लेख छ । आक्रमणमा परि घाइते भएका ४ मध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका र २ जनाको उपचार भइरहेको दूतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, २१ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हमासले स्वीकार गरेको युद्धविराम प्रस्ताव इजरायलद्वारा खारेज, रफाहमा आक्रमण सुरु
इजरायलले थाल्यो गाजा क्षेत्रको रफामा आक्रमण
लेबनानबाट उत्तर इजरायलमा रकेट प्रहार
इजरायलले हमासलाई युद्धविरामको जवाफ दिन एक साताको समय दियो
इजरायल र हमासबीच युद्ध विरामको संकेत
वायु सेवा निगमको न्यारोबडी जहाज आज काठमाडौँ ल्याइदै