काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मानव जीवनलाई तनावमुक्त बनाई दैनिक काम कारबाहीलाई परिणाममुखी बनाउन योग र ध्यानले विशेष सहयोग पुर्याउने बताएका छन् ।
गृह मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा आज आयोजित एक दिवसीय ‘स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशाला’ उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले जीवनलाई गतिशील बनाउनका लागि सबैले योगाभ्यास गर्न जरुरी रहेको बताए
कार्यक्रममा गृह सचिव दिनेश भट्टराई, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृत, गृह मन्त्रालयका सहसचिव तथा गृहमन्त्रालय मातहत पदाधिकारी र कर्मचारीको सहभागिता थियो । गृहमन्त्री श्रेष्ठको निर्देशनमा हाल काठमाडौँ उपत्यकाभित्रका गृह मन्त्रालय मातहतका कार्यालयमा दैनिक योगाभ्यास सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असोज २०८०, २० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह
बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारबाहीप्रति शहरी विकास मन्त्रीले जनाए असन्तुष्टि
प्रधानमन्त्रीसँग माल्दोभाका उपप्रधानमन्त्रीको भेट
पूर्व विशिष्टलाई सुविधा थप्ने सरकारको तयारी छैन : उपप्रधानमन्त्री सिंह
अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँ : उपप्रधानमन्त्री सिंह
एकैदिनमा देश बन्दैन, राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह