हलीको छोरा हुँ, बाल्यकालमा गोठाले थिएँ, मलाई दम्भ देखाउनु छैन : ओली

शनिबार, ०८ पुस २०७४, १७ : ३७
हलीको छोरा हुँ, बाल्यकालमा गोठाले थिएँ, मलाई दम्भ देखाउनु छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कुनै दम्भ नदेखाएको बताएका छन् । कांग्रेस नेताहरुले आफूमाथि अहंकार देखाएको आरोप लगाएको तर्फ संकेत गर्दै ओलीले भने, ‘गाईभैंसी चराएर हुर्किएको ठिटो हुँ । शासकीय स्वभाव र ख्वाइस छैन ।’

सन्तनेता कृष्णप्रसाद भट्टराईको ९४औं जन्मोत्सवको अवसरमा बाँडेगाउँमा आयोजित कार्यक्रममा भने, ‘कतै दम्भ देखाउनु छैन । न दम्भ देखाउने न कुलघरानाको हुँ । हलीको छोरा हुँ, आफैं गोठालो हुँ ।’

भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले सम्पूर्ण इमानका साथ काम गर्ने बताए । ‘मेरो परिभाषामा राजनीतिमा बेइमानीको ठाउँ छैन’ उनले  भने ।
अोलीले नेपाल स्थिरता र स्थायित्वमा प्रवेश गर्‍यो भनेर पनि दाबी नगर्ने बताए । उनले भने, ‘त्यस एरातर्फ प्रवेश गर्‍यो । अलमल गर्ने होइन, हामी गम्भीर हुन जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस