काठमाडौं । कोशी प्रदेशमा नेता डा. शेखर कोइराला पक्षले विद्रोह गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । दिउँसो ३ बजे देउवा धुम्बाराहीमा बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
बैठकमा कोशीमा देखिएको समस्या समाधान गर्नेबारे केन्द्रित हुने जनाइएको छ । गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि शेखरनिकटका केदार कार्कीले कांग्रेसका ८ सांसदसहित एमालेसँगको समीकरणमा मुख्यमन्त्री दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा
शिक्षकका माग सम्बोधनमा काँग्रेस गम्भीर छ: देउवा
ओली, देउवा र प्रचण्ड एकैठाउँमा
देउवा, ओली र प्रचण्डबिच छलफलको तयारी
देउवाले बोलाए पदाधिकारी बैठक