काठमाडौं । सिंहदरबारमा प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीसहितका अधिकारीकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नु पर्ने माग राखेर समाजले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको थियो ।
प्रदर्शनमा समाजका संस्थापक कृष्ण पहाडीसहितका अधिकारकर्मी सहभागी थिए । उनीहरुले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको हो । उनीहरुले संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा प्रस्तुत संसोधन विधेयक मानव अधिकारमैत्री बनाउनु पर्ने फागुन १ गते बिदा दिने निर्णय खारेज हुनु पर्ने र कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर्नु पर्ने माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, १३ : ४०
लेखकबाट थप