विमलालाई ‘मिसेस हुम्यानिटी’को उपाधि

सफल खबर संवाददाता

विहीबार, २५ असोज २०८०, १४ : ४१
विमलालाई ‘मिसेस हुम्यानिटी’को उपाधि

लन्डन । फिलिपिन्समा भएको  ४६औँ मिसेस युनिभर्स २०२३ को प्रतियोगितामा विमला बुढाथोकीले‘मिसेस हुम्यानिटी २०२३’ को उपाधि जितेकी छन् । अक्टोबर १ देखि  ८ तारिखसम्म फिलिपिन्सको मनिलामा आयोजना भएको ४६औँ मिसेस युनिभर्स २०२३ मा बेलायत निवासी विमलाले नेपालको प्रतिनिधित्व गर्दै मिसेस युनिभर्स २०२३ मा सहभागी भएकी थिइन् । उक्त प्रतियोगितामा विश्वभरका दर्जनौं मिसेस सुन्दरीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगिता सकेर बेलायत आएपछि विमलाले भनिन्, ‘नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्स पुगेर नेपाललाई विश्वसामु चिनाउन आफ्नो तर्फबाट  आत्मविश्वास र इमान्दारीपूर्वक प्रयास गरेको छु, मानव सेवा भन्दा ठूलो धर्म अरु केही हुँदैन, मिसेस युनिभर्स २०२३ मा ‘मिसेस हुम्यानिटी’ बाट सम्मानित हुन पाउनु नेपालको लागि पनि गौरवको विषय हो’ उनले भनिन् ।

प्रतियोगिताका दौरानका आफ्ना १० दिन निकै फलदायी रहेको बताउँदै  फिलिपिन्स समुदाय तथा  प्रतियोगीहरूबाट राम्रो सहयोग पाएको बताइन् । निकट भविष्यमा हुन गइरहेका ३/ ४ वटा प्रतियोगितामा सहभागिता जनाउन आफूलाई प्रस्ताव पनि आएको बताउँदै  आफ्नो यात्रामा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै भावी दिनमा पनि सहयोग गर्न आग्रह गरेकी छन् ।

नेपाली संस्कृतिको पहिचान स्वरूप प्रतियोगिताको प्रिइलिमिनेशन राउन्डमा उनले नेपालीपन झल्काउने पहिरन लगाएकी थिइन् । यसैगरी उनले प्रतियोगितामा सहभागिता जनाउन आउनेहरूलाई नेपाली सामाग्रीहरू कोसेली स्वरूप प्रदान गर्दै नेपाल भ्रमणमा आउन निमन्त्रणा समेत गरिन् ।

प्रतिक्रिया दिनुहोस