काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्र संघको सहकार्यमा एफएनसीसीआईले आयोजना गरेको सातौं दक्षिण तथा दक्षिण पश्चिम एसिया उपक्षेत्रीय मञ्चमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।
दिगो विकास लक्ष्य हासिल गर्न राज्य र निजी क्षेत्र तथा अन्य विकास साझेदारबीच सहकार्य र नवप्रवर्तनको आवश्यकतामा उनले जोड दिएका थिए ।उनले गरिवी न्यूनीकरण, जलवायु परिवर्तन लगायतमा साझेदारीको खाँचो औंल्याएका छन् । निजी क्षेत्र वित्तीय योगदानकर्ता मात्र नभई आर्थिक वृद्धि, रोजगारी सृजना र प्राविधिक प्रगतिको संवाहक पनि भएको उनले बताए ।
अध्यक्ष ढकालले रोजगारी सृजना, स्वास्थ्य सेवा र शिक्षामा लगानी, लैङ्गिक समानता, पूर्वाधार विकास, जलवायु परिवर्तन न्यूनीकरण र वातावरण संरक्षणमा निजी क्षेत्रले विशेष योगदान पुर्याइरहेको उनको भनाइ थियो ।
ढकालले विश्वव्यापी चुनौतीको सामना गर्न सार्वजनिक–निजी सहयोग र अन्तर्राष्ट्रिय सहकार्यको महत्वमा जोड दिए ।उनले व्यवसाय मैत्री नीतिका लागि पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरिनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ असोज २०८०, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक छ: अध्यक्ष ढकाल
चर्चा कमाउनका लागि मात्रै निर्णय नगरौँ : अध्यक्ष ढकाल
निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ : चन्द्र ढकाल
स्याङ्जाको सुन्तला र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता
सीआईपी सम्मान दिने निश्चित मिति घोषणा गरौँ : अध्यक्ष ढकाल
महासङ्घ अध्यक्ष ढकालको आग्रह– सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राखौँ