दाङ । दाङमा एक युवकले श्रीमतीको हत्या गरेर आफूलेपनि आत्महत्या गरेका छन् । सल्यानको त्रिवेणी ४ फलाबाङ घर भई तुलसीपुर ९ बेलुवामा डेरागरी बस्ने २५ वर्षिय सुशील भण्डारीले २२ वर्षिया श्रीमती पवित्रा डाँगीको हत्यागरी आफूले पनि झुन्डिएर आत्महत्या गरेका हुन् ।
इप्रका तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवराज केसीका अनुसार हिजो बेलुकीदेखि आज बिहान अबेरसम्म ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फोडेर हेर्दा सुशील पंखामा झुन्डेको पवित्रा खाटमा मृत अवस्थामा फेला पारेको थियो । पवित्राको टाउको गम्भीर चोट देखिएको छ । सुशीलले श्रीमतीको कुटपीट गरी हत्या गरेर आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असोज २०८०, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाङमा बस र ट्रक ठोक्किँदा १९ जना घाइते
दाङमा डुबानमा परेका २५ जनाको सकुशल उद्धार
दाङको धारापानीमा पर्यटक चहलपहल
बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै दाङमा राजमार्ग अवरुद्ध
दाङमा राजमार्ग अवरुद्ध, बसको ठक्करबाट २ जनाको मृत्यु