काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान)का नव निर्वाचित सचिव पारस खड्काले अब सबैको सोच र विचार केबल नेपाली क्रिकेटको विकासमा हुने बताएका छन् ।
सचिव निर्वाचित भएको दुई सातापछि मतदातालाई धन्यवाद दिँदै उनले नेपाली क्रिकेटको विकास तथा विस्तारका निमित्त काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाली क्रिकेट टिममा पूर्व कप्तानसमेत रहेका उनले नीतिगत तहबाट प्रयास गर्दै नवनिर्वाचित कार्यसमितिको विश्वास लिएर अघि बढ्ने जनाएका छन् ।
'नेपाली क्रिकेटले बोकेको सम्भावना, यसको विकास तथा विस्तारका निमित्त नीतिगत तहबाट प्रयास गरी, नवनिर्वाचित कार्यसमितिको विश्वास लिई अघि बढ्ने प्रतिवद्दता व्यक्त गर्दछु,' उनले फेसबुकमा लेखेका छन्, 'अब हामी सबैको सोच र विचार केबल नेपाल क्रिकेटको विकाश हुनेछ भन्ने विश्वास गरेको छु।'
निर्वाचित सबै पदाधिकारी र कार्यसमिति सदस्यलाई बधाई दिँदै मतदातालाई धन्यवादसमेत ज्ञापन गरेका छन् ।
उनी असोज पहिलो साता क्यानको सचिव निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असोज २०८०, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिकेटमा अराजकता फैलाउन खोज्नेहरुविरुद्ध पारस खड्को चेतावनी
सन्दीपको मुद्दामा जोडेर आफ्नो चरित्रहत्या गरिएको भन्दै पारस खड्काले जनाए आपत्ति