हुम्ला । कृषि विकास कार्यालय सिमकोट हुम्लाको आयोजनामा कोदो बाली विकास एवं प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा जलस्रोत, ऊर्जा तथा खानेपानी मन्त्री उर्मिला विश्वकर्मा, कर्णाली प्रदेशसभा सदस्य जुम्कित लामा, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष नाङग्मेल तामाङ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय किसानलगायतको उपस्थिति थियो ।
कोदोको पौष्टिक पक्ष तथा त्यसबाट बनेका परिकारबाट मानव शरीरलाई हुने लाभबारे जानकारी दिँदै मन्त्री शर्माले कर्णाली प्रदेशका ११ वटै जिल्लामा कोदो खेती गर्न किसानहरूलाई आग्रह गरे । पहाडी भेग र कम पानी पर्ने कमसल जमिनमा पनि कोदो खेती गर्न सकिने भएकाले त्यसतर्फ लाग्न उनले आह्वान गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, १९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लामा हिमपात
हुम्लामा चैतलो पर्व मनाएर वसन्त ऋतुको स्वागत
सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण
हुम्लाका विद्यार्थी हिउँमै बसेर अध्ययन गर्दै
हुम्लामा हिमपात
तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान