काठमाडौं । त्रिवि नेविसंघ समितिले त्रिवि सेवा आयोगमा ताला लगाउनुको साथै सेवा आयोग अध्यक्ष प्रा.डा. घनश्याम भट्टराई र सदस्य प्रा. डा. हेमराज ढकाललाई विश्वविद्यालय प्रवेश निषेध गरेको छ ।
त्रिवि सेवा आयोगले खुला प्रतिस्पर्धाको बाँकी रहेको अन्तर्वार्ता र बढुवाको काम अगाडि बढाएपछि नेविसंघले ताला लगाएका हो । पूर्व त्रिवि सेवा आयोग अध्यक्ष प्रा.डा.लालुप्रसाद पौडेलको कार्यकालमा खुला प्रतिस्पर्धाको शिक्षकहरुको लिखित परीक्षा सकेर अन्र्तवार्ता लिँदा लिँदै नेविसंघले ताला लगाएपछि रोकिएको थियो ।
प्रा.डा.लालुप्रसाद पौडेलको कार्यावधि सकिएर पद रिक्त भएको एक वर्षपछि गत साउनमा प्रा.डा. घनश्याम भट्टराई अध्यक्षमा नियुक्त भएका थिए । उनले बाँकी रहेका अन्र्तवार्ता र बढुवाको काम अगाडि बढाएपछि फेरि नेविसंघले ताला लगाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२०७७ सालदेखि स्थगित उपप्राध्यापकको परीक्षा भदौमा लिँदै त्रिवि सेवा आयोग