काठमाडौ । इलाम निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्वाङको निधनपछि उपनिर्वाचनको मिति तय नहुँदै राजनीतिक दलका नेताको दौडधुप सुरु भएको छ ।
प्रतिनिधि सभा सदस्य नेम्वाङको भदौ २६ गते निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचनको मिति तय नभए पनि टिकटका लागि दलका नेताको दौडधुप सुरु भएको हो । उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), स्वतन्त्र पार्टी र माओवादी केन्द्रलगायतका दलबाट उम्मेदवारीका लागि दलका नेताको दौडधुप सुरु भएसँगै उक्त निर्वाचन क्षेत्रमा पनि चुनावी सरगर्मी बढेको छ ।
२०५६ सालदेखि नेम्वाङले निरन्तर विजयी हासिल गर्दै आएको इलाम निर्वाचन क्षेत्र नं. २ मा नेम्वाङपुत्र सुहाङ नेम्वाङको नाम नेकपा (एमाले) बाट चर्चामा छ । राजनीतिमा त्यति सत्र्रिmय नभए पनि बाबुकै बिँडो थामेर अधिवक्ता बनेका सुहाङ उत्तराधिकारी बन्न सक्ने अनुमान गर्न थालिएको छ ।
बुवाको निधनपछि इलाम आएका सुहाङले पार्टीले अवसर दिए बुवाले गर्न बाँकी काम आफूले पूरा गर्ने जनाउ दिइसको छन् । एमाले इलामका उपाध्यक्ष उदय राईसहित एमाले नेताहरू गणेश बराल, बुद्धि खनाल, उमेश गुरुङ, रवीन्द्र सुवेदी र डा. देवी क्षेत्री दुलालको नाम पनि चर्चामा छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १९ असोज २०८०, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बझाङ उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस
राजनीतिक मैदानको मूल खेलाडी एमाले र काँग्रेस मात्रै रहेको पुष्टि : गोकुल बास्कोटा
३४ हजार गणना हुँदा रास्वपाका उम्मेदवार लिम्बुले पाए १९४५ मत
बझाङमा नेकपा एसको धरौटी जफत
इलाम–२ मा सुहाङलाई निरन्तर अग्रता, कांग्रेससँग मतान्तर घटाउँदै थेगिम
झण्डै २२ हजार मत गन्दा पनि डाक प्रसादको शून्य मत !