काठमाडौँ । नेपाल सरकारले गिद्ध संरक्षणमा सहयोग पुर्याउन एसेस्लोफेन्स र केटोप्रोफेन तथा टक्सिक ‘भेटरिनरी नन–स्टरोइडल एन्टी–इन्फ्लाम्मटोरी ड्रग्स’ प्रतिबन्ध गर्ने भएको छ ।
वन तथा वातावरण मन्त्रालयले भारत र बङ्गलादेशमा समेत प्रतिबन्धित उक्त तीन औषधि प्रयोग भएका मृत पशुहरू गिद्धले खादा, गिद्धको स्वास्थ्यमा प्रतिकुल असर परेर मृत्यु हुने भएकाले पशु रोगमा ती औषधिहरू प्रयोग प्रतिबन्ध गर्न लागेको हो ।
मन्त्रालयअन्तर्गतको नेपाल गिद्ध पुनः स्थापन समितिको बुधबार बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय निकुञ्ज तथा वन्तयजन्तु संरक्षण विभागले जनाएको छ । निकुञ्जका महानिर्देशकको अध्यक्षतामा आयोजित बैठकमा गिद्ध संरक्षण कार्ययोजना (२०२३–२०२७) बारे प्रस्तुति तथा छलफल भएको थियो ।
बैठकले गिद्धको संरक्षणमा नकारात्मक असर पार्ने ‘भेटरिनरी नन–स्टरोइडल एन्टी–इन्फ्लाम्मटोरी ड्रग्स’को प्रयोगलाई व्यवस्थित गर्न नेपाल पंक्षी संरक्षण संघको सहयोगमा संरक्षण साझेदार संस्थालाई सहभागी गराई सरोकारवाला स्थानीय सरकार, पशु चिकित्सक र भेट फर्मासमेतलाई लक्ष गरी जन–चेतनामूलक र अन्य समन्वयात्मक कार्यक्रमहरू सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १८ असोज २०८०, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लाको खार्पुनाथमा एक महिनादेखि औषधि अभाव
हुम्लामा औषधि अभाव, बिरामी मर्कामा
नियमविपरीत सञ्चालन भएका औषधि पसललाई कारबाही
वैशाख १६ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी
विभागद्वारा न्यून गुणस्तरका तीन औषधि बिक्रीवितरणमा रोक