काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा समस्या देखिएको छ । देउवा तीन दिनदेखि अस्वस्थ रहेको कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।
उनले भने, ‘तीन दिनदेखि सभापतिज्यू अस्वस्थ हुनुहुन्छ । राजनीतिक भेटघाट बन्द गर्नु भएको छ ।’ विश्वकर्माका अनुसार देउवालाई सुरुमा रुघाखोकी लागेको थियो । ‘सुरुमा रुघाखोकी लागेको थियो। टन्सिल बढ्यो । हल्लाका ज्वरो पनि आयो । अहिले उहाँ आराम गरिरहनु भएको छ,’ उनले भने । देउवाले आफ्नो निवास धुम्बाराहीमै स्वास्थ्य परीक्षण गरेका थिए । ‘टन्सिल हुँदा बोल्न गाह्रो हुँदा भेटघाट बन्द गर्नु भएको हो । स्वास्थ्य अवस्था सामान्य नै छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ असोज २०८०, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काङ्ग्रेस सभापति देउवाले कार्यकाल लम्बाउन बनाए यस्तो रणनीति
गैरसरकारी संस्थाभित्र पारदर्शिता हुनुपर्छ भन्ने आवाज छ : शेरबहादुर देउवा
उद्यमशीलताबाट रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता हो : देउवा
ल्होसारले बन्धुत्वको भावना मजबुत बनाउँछ : सभापति देउवा
पर्वहरूले सामूहिक भावना विकसित गर्न सहयोग पुर्याउँछन् : सभापति देउवा
सभापति देउवासँग अमेरिकी सहायक विदेश मन्त्री लुको भेट