चितवन । गायक हेमन्त शर्माले निरजाले बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । गीतको म्युजिक भिडियो गायक शर्माकै युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको हो ।
गीतमा शर्मासँगै गायिका अस्मिता अधिकारीको पनि स्वर रहेको छ । गीतकार एकनारायण भण्डारीले रचना गरेको सो गीतमा संगीत शर्मा आफैँले भरेका हुन् । गीतमा संगीत संयोजन कृष्ण विकले गरेका हुन् भने मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका छन्।
गीतको म्युजिक भिडियोमा सुनील क्षेत्री र आस्मा विश्वकर्माको नृत्य तथा मुख्य अभिनय रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असोज २०८०, १६ : ०५
लेखकबाट थप