काठमाडौं । सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकविरुद्ध कर्मचारीहरू आन्दोलित भएका छन् । उक्त विधेयकप्रति असन्तुष्टि जनाउँदै उक्त विधेयकको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने मागसहित कर्मचारी आन्दोलित भएका हुन् ।
यसका साथै उनीहरूले प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीय तहका कर्मचारी केन्द्रीय संघर्ष समिति १४ गतेदेखि आन्दोलनमा उत्रिएको छ । उसले संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको आरोप लगाउँदै आएको छ ।
संघर्ष समितिका संयोजक दीपक गौतमका अनुसार स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेटिनुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद हटाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असोज २०८०, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय निजामती विधेयकको प्रस्तवनामै ३२ वटा संशोधन
निजामती विधेयक अघि बढाउँदै राज्य व्यवस्था समिति
संघीय निजामती विधेयकमाथि राज्य व्यवस्था समितिमा छलफल प्रारम्भ
संघीय निजामती विधेयक संशोधनको माग गर्दै सामान्य प्रशासनमन्त्री र दलहरूलाई ज्ञापनप