भारत–क्यानडा तनाव : भारतीय विदेशमन्त्री जयशंकरले भेटे अमेरिकी विदेशमन्त्री

एजेन्सी

शुक्रबार, १२ असोज २०८०, ०८ : ३५
भारत–क्यानडा तनाव : भारतीय विदेशमन्त्री जयशंकरले भेटे अमेरिकी विदेशमन्त्री

एजेन्सी । खालिस्तान समर्थक पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याका विषयमा भारत र क्यानडाबीच कूटनीतिक विवाद भइरहेका बेला भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेटवार्ता गरेका छन्। 

दुई नेताबीच बिहीबार वासिङ्टनस्थित अमेरिकी विदेश मन्त्रालयमा द्विपक्षीय बैठक भएको बीबीसीले जनाएको छ। 

उक्त बैठकपछि भारतीय विदेशमन्त्री जयशंकरले भने, ‘यहाँ फर्केर आउँदा राम्रो लाग्यो। भर्खरै हाम्रा प्रधानमन्त्री यहाँ आएका थिए। जी२० शिखर सम्मेलनमा सबै मुद्दामा समर्थनका लागि अमेरिकालाई धन्यवाद।’

अमेरिकी विदेशमन्त्री ब्लिन्केनले पनि यस भेटमा आफूहरूबीच ‘धेरै राम्रो छलफल’ भएको प्रतिक्रिया दिएका छन्। 

समाचार एजेन्सी पीटीआईका अनुसार दुवै जनाले भेटवार्तापछि मिडियाबाट कुनै प्रश्न लिएनन्। 

प्रतिक्रिया दिनुहोस