काठमाडौ । नेपाल प्रहरीको विभिन्न पदमा कार्यरत २२ जना कर्मचारीसँग स्पष्टीकरण माग भएको छ ।
लामो समयदेखि आपूmखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा पनि सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयले सेवाबाट हटाउने तयारीस्वरुप अन्तिम पटक स्पष्टीकरणमाग गरेको हो ।
‘यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात (७) दिनभित्र आपूm गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा तपाईंहरू उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ. नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही भइजाने हुँदा प्रहरी नियमावली, २०७१ को अनुसूची १४ को भाग ४ को प्रयोजनार्थ यसै सामूहिक सूचनाद्वारा तपाईंहरूलाई सफाइको मौका प्रदान गरिएको व्यहोरा जानकारी गराइएको छ’, प्रहरी प्रधान कार्यालयले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५१९ जना प्रहरी निरीक्षकको सरुवा
१६ जना प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
नेपाल प्रहरीका दुई डिएसपीको सरुवा
कैलालीको जंगलमा भेटियो प्रहरी जवानको शव
८ जना डीएसपी एसपीमा बढुवा सिफारिस
४ असईसहित २३ प्रहरी सम्पर्कविहीन