काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली चीन भ्रमणमा गएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा निजी क्षेत्रका तर्फबाट चेम्बरले पनि सहभागिता जनाउन लागेको हो । भ्रमण टोलीमा अध्यक्ष राजेन्द्र मल्ल, निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्षहरू दीपक मल्होत्रा, उर्मिला श्रेष्ठ र त्रिभुवनधर तुलाधर रहेका छन् ।
भ्रमणका क्रममा चिनियाँ निजी क्षेत्रसँग दुई पक्षीय आर्थिक एवं व्यापारिक सम्बन्धबारे छलफल हुने अध्यक्ष मल्लले बताए । प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई देशबीचका निजी क्षेत्रबीच दुई पक्षीय व्यापार सहजीकरण, पूर्वाधारमा लगानी लगायतका विषयमा छलफल हुँदैछ । नेपाल चीनबीचको व्यापार सम्झौतालाई समय सापेक्षा पुनरावलोकन गरेर व्यापार सहजीकरण गर्ने विषय चेम्बरको प्राथमिकतामा रहेको बताए ।
नेपाल चीनबीच यसअघि भएको पारवहन सम्झौताको प्रभावकारी कार्यान्वयन एवं उत्तरी छिमेकीसँगको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गर्नुपर्ने विषयमा चीनको निजी क्षेत्रसँग छलफल गर्ने चेम्बरले जनाएको छ । अध्यक्ष मल्लले भने, ‘चीनसँगको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर तातोपानी, केरुङ जस्ता भन्सार नाकाहरूमा स्तरोन्नति गरिनुपर्दछ यो विषयलाई पनि उठान गर्नेछौँ, ।’
अध्यक्ष मल्लले भन्सार नाकाहरूमा अन्तर्राष्ट्रियकरण क्वारेन्टीन ल्याब राखेर नेपालको निर्यात वृद्धि गर्नुपर्नेमा जोड दिए । नेपालबाट चीनमा वार्षिक २ खर्व रुपैयाँ हाराहारीमा निर्यात सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको भन्दै त्यसबाट लाभ लिनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ असोज २०८०, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई चेम्बरले दियो ४३ बुँदे सुझाव
अर्थमन्त्रीलाई भेटेर चेम्बरले भन्यो- कर्जाको पुनर्तालिकीकरण भए धरासायी उद्योग बचाउन सकिन्छ