काठमाडौ । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेका छन्।
सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौती र नेपालको शान्ति प्रक्रियाबारे विषय उठान गरेका थिए ।
त्यस्तै नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास, समुन्नत नेपाल निर्माणमा नेपालको प्रयास लगायतका विषयमा पनि प्रचण्डले साममा जानकारी गराएका छन् ।
प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट आजै चीन प्रस्थान गर्ने र १३ असोजमा स्वदेश फर्किने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ असोज २०८०, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्कलाई निरन्तर सहयोग रहने संयुक्त राष्ट्रसंघको आश्वासन