काठमाडौ । पर्साको जगरनाथपुर गाउँपालिकामा हत्या गरेको अवस्थामा एक महिलाको शव फेला परेको छ।
जगरनाथपुर ५ मसियानीमा गएराति घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा ५५ वर्षीया कान्तीदेवी बिनको शव फेला परेको हो
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले हत्याराको पहिचान हुन नसकेको बताए।
महिलाका छोराछोरी भए पनि उनीहरु बिवाह गरेर अलग्गै बस्ने गरेका प्रहरीले जनाएको छ।
ती महिला जगरनाथपुर ५ मसिहानीस्थित गण्डक नहरको डिलमा रहेको घरमा एक्लै बस्दै आएकी थिइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तरीमा बैंकका सुरक्षा गार्डको हत्या प्रकरणः एक आरोपी पक्राउ
राजधानीको बत्तीसपुतलीमा युवकको हत्या, ४ जना पक्राउ
नेपाल बैंकका सुरक्षा गार्डको हत्या
स्याङ्जामा चक्कु हानेर युवकको हत्या
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ
बुटवलमा बुवाले गरे आफ्नै १७ वर्षीया छोरीको हत्या