बुटवल। बुटवलमा फलामे रड प्रहरी गरी एक बुवाले आफ्नै छोरीको हत्या गरेका छन् । रूपन्देहीको कञ्चन गाउँपालिका–५ बर्गदवा घर भएका ४८ वर्षीय नारायणबहादुर जिसीले आफ्नै १७ वर्षीया छोरी अन्जलीको हत्या गरेका हुन् ।
उनले बुटवल उपमहानगरपालिका–९ इटाभट्टीस्थित एक होटेलमा बुधबार साँझ छोरीको हत्या गरेको प्रहरीले जनाएको छ ।
साथीलाई भेटन हिँडेकी छोरी साँझसम्म घर नफर्केपछि नारायण छोरी खोज्न बुटवल आएका थिए । बुटवलमा छोरी भेटेपछि उनीहरू होटेलमा बसेको प्रहरीले जनाएको छ ।बाबु नारायणको प्रारम्भिक बयानअनुसार अञ्जली बुधबार दिउँसो साथीलाई भेट्न भनेर घरबाट हिँडेकी थिइन् ।
बुवा नारायणले घर जाऊ भन्दा छोरीले नमानेपछि रिसको झोंकमा रड प्रहार गरी हत्या गरेको बुवाले स्वीकारको प्रहरीले जनाएको छ ।होटलमा छोरीको हत्यागरी भागेका उनलाई प्रहरीले बिहीबार दिउँसो कञ्चन गाउपालिका–४ थकाली चोकबाट नियन्त्रणमा लिएको रूपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भटटले जानकारी दिए ।
उनका अनुसार अञ्जली हरैया माध्यमिक विद्यालयको कक्षा ११ मा अध्यनरत थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ बैशाख २०८१, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्जमा छोरी जन्मिएपछि अस्पतालमै छाडेर आमा बेपत्ता, खाेजीमा प्रहरी