राजधानीको बत्तीसपुतलीमा युवकको हत्या, ४ जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, ३० बैशाख २०८१, ०८ : ००
राजधानीको बत्तीसपुतलीमा युवकको हत्या, ४  जना पक्राउ

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा शनिवार एक युवकको हत्या भएको छ । 

मोरङ घर भइ हाल गौशाला बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

शनिवार साँझ धिमालमाथि तीन-चार जनाको समूहले धारिलो हतियार प्रहार गरेको थियो । घटनामा घाइते भएका धिमाललाई प्रहरीले तत्कालै उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल पु¥याएको पनि उनकोउपचारको क्रममा मृत्यु भएको हो । 

प्रहरीले घटनामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।