एजेन्सी । सलमान खानको ‘वीर’ फिल्मकी अभिनेत्री जरिन खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
जरिनविरुद्ध कोलकाताको सियालदह अदालतले पक्राउ पूर्जी जारी गरेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार यी वारेन्टहरू सन् २०१८ को एउटा घटनाहरुसँग सम्बन्धित छन्।
अभिनेत्रीलाई ६ कार्यक्रममा नगएको आरोप लागाइएको छ । यस सम्बन्धमा नायिकाविरुद्ध नार्केलडांगा प्रहरी चौकीमा उजुरी परेको थियो ।
नायिकालाई नार्केलडांगा प्रहरी चौकीले सम्पर्क गर्ने प्रयास गरे पनि उनीसँग कुरा हुन सकेन । नार्केलडांगा प्रहरीले सियालदह अदालतमा आरोप पत्र बुझाएको थियो ।
त्यसपछि अदालतले अभिनेत्री विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । ५ वर्ष पुरानो मुद्दामा जारी यो पक्राउ पुर्जीबाट अभिनेत्री चिन्तित छिन् ।
साथै खबर बाहिर आएपछि अभिनेत्रीका फ्यानहरू निकै निराश देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०१ असोज २०८०, १५ : ०४
लेखकबाट थप