काठमाडौं। नेपाल टेलिकमले हरितालिका तीज र संविधान दिवसको अवसरमा आफ्ना सेवाग्राहीका लागि विशेष प्याकेज सार्वजनिक गरेको छ । यो प्याकेजअन्तर्गत सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै ‘रिचार्ज अन बोनस’ उपलब्ध गराइने टेलिकमले जनाएको छ ।
अफरअन्तर्गत ४९ रुपैयाँमा १ दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधासहितको प्याकेज उपलब्ध हुनेछ ।यस्तै, ९८ रुपैयाँमा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक उपलब्ध हुनेछ भने १९९ रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक उपलब्ध हुनेछ।
२९४ रुपैयाँमा १० दिन सम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक र ३९९ रुपैयाँमा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक उपलब्ध हुने टेलिकमले जनाएको छ ।सार्वजनिक अफरअन्तर्गत ७८९ मा ‘फेस्टिभ कम्बो प्याक’ पनि लिन सकिने टेलिकमले जनाएको छ ।
प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुनेछ ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ । भदौ ३१ देखि असोज ६ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’मार्फत प्याकहरू उपयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ भदौ २०८०, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमको सहायक लेखा अधिकृत पदका उम्मेदवार सिफारिस
नेपाल टेलिकमबाट भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा लाग्ने
पलाँतामा टेलिकमको टावर सञ्चालन
जुम्लाको पातारासीमा नेपाल टेलिकमको फोरजी सेवा
सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
नेपाल टेलिकमको सेवा केहीबेर अवरुद्ध