रक अन २ , ओके जानू , हाफ गर्लफ्रेण्ड र हसीना पारकर जस्ता लगातार फिल्मपछि बलिउड नायिका श्रद्धा कपुर चलचित्र स्त्री मार्फत दर्शक माझ आउदै छिन् । लगातार चलचित्र असफल भएसँगै उनी चिन्तित छिन् । यो असफलताबाट बाहिर आउन उनको खासै योजनाहरु छैन् । मिहिनेतका लागि शत प्रतिशत काम गर्ने उनको हातको विषय हो । तर उनी नतिजामा भने कत्ति पनि चिन्तित छैनिन् ।
तपाईको चलचित्र स्त्री भूत–प्रेतको घटनामा आधारित छ ,वास्तविक जीवनमा कहिले भूत देख्नु भएको छ ?
जब मेरो फिल्म स्त्रीको शुटिंग चलिरहेको थियो । फिल्मको सेटमा रहेको सबैभन्दा माथि लाइट राख्ने क्रममा अचानक एक जना तल खसेर घाईते भए । लडेपछि उनलाई सोध्दा माथिबाट कसैले धक्का दिएको बताए । उनी आफुलाई कन्ट्रोल गर्न नसकेको हामीलाई भने । मलाई थाहा छैन यो संसारमा के के हुन्छ ? मैले सुनेको आधारमा चाहि भुत प्रेत हुन्छ जस्तो लाग्छ ।
कति प्रतिशत भुत हुन्छ भनेर जस्तो लाग्छ ?
सम्भवःत मेरो विचारमा भूत प्रेत पक्कै हुन्छ । तर म शत प्रतिशत भूत प्रेत हुन्छ नै भन्न सक्दिन् । मैले भन्न खोजको म पुरै विश्वासको साथ छ या छैन भन्न सक्दिन् । न हुन्छ नै भन्न सक्छु न त हुदैन् । कुरा सुने अनुसार भूत हुन सक्छ जस्तो लाग्छ ।
राजकुमार राव र पंकजको साथमा काम गर्न असहज महशुस भएन ?
राजकुमार राव र पंकज त्रिपाठीको साथ काम गर्नु एउटा सपना पुरा भएको जस्तो हो । मलाई यो फिल्ममा काम गर्ने अवसर प्रदान गर्नु भएकोमा सबै टिमलाई धन्यवाद दिन चहान्छु । सुटिङको क्रममा पकंज त्रिपाठीसँग थोरै नर्वस भएकी थिए । राजकुमार र पंकजसँग मैले पहिलो टेक दिन म आफै प्रेशरमा थिए । र यी दुई अग्रह कलाकारसँग काम गर्न पाउदा उतिकै उत्साहित पनि थिए । नर्वस र उत्साहित दुबै बराबर जस्तो थिए । म दुबै जनाको फ्यान पनि हुँ । यी दुई जनासँग काम गर्न पाउदा आफुलाई भाग्यमानी पनि ठानेको छु ।
यो फिल्मले तपाईको करियरलाई सफलता वा असफता तिर लैजान्छ ?
मलाई चलचित्र स्त्रीले सफलता तिर लगे राम्रो हुन्छ । म आशा गर्छु कि यो फिल्मले मलाई सफलता तिर लानेछ । मेरो ध्यान नै सफल र असफल भन्दा पनि काम राम्रो दिन्छु भन्ने छ । आफ्नो काममा शत प्रतिशत मिहिनेत गर्नुपर्छ । नतिजा मेरो हातमा त छैन । यो फिल्ममा काम गर्ने मौका पाएर एउटा हिस्सा हुन पाएकोमा भाग्यमानी सम्झेको छु ।
श्रद्धा कपूरको चलचित्र ’स्त्री’ ३१ अगष्टतमा रिलिज हुदैछ । चलचित्रमा श्रद्धा कपूरसँगै राजकुमार राव र पंकज त्रिपाठीको मुख्य भूमिका रहेको छ । नव निर्देशक अमर कौशिक चलचित्रलाई निर्देशन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस