काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालबाट डिस्चार्ज भएका छन्।
आइतबार दिउँसो साढे ३ बजे वीरेन्द्र अस्पताल छाउनीबाट डिस्चार्ज भएको अस्पतालका महासेनानी अन्जन केशर खत्रीले जानकारी दिए।उनी भदौ १३ गते बुधबार अस्पतालमा भर्ना भएका थिए। उनको प्रोस्टेटको शल्यक्रिया गरिएको थियो।
प्राविधिक सहायक रथी प्राध्यापक डा। भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको थियो। शल्यक्रियापछि चिकित्सकको निगरानीमा रहेका खड्कालाई आइतबार डिस्चार्ज गरिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ भदौ २०८०, १९ : ४६
लेखकबाट थप