काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विविधता बीचको एकता सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको बताएका छन ।शनिबार ज्यापु महागुठीको चौथो राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परार र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न दिनु नहुने बताए । आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्ने बताए । उनले प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्ने बताए । उनले आज जाितय, भाषिक र धार्मिक एकताको सट्टा सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व फैल्याउने, बिग्रह फैल्याउने खतराहरु पनि देखिरहेको दाबी गरे ।
गृहमन्त्री श्रेष्ठले समृद्धिको कार्यभार पूरा गर्न सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मुल मन्त्र बनाएको उल्लेख गरे । उनले सरकारले भ्रष्टाचारबिरोधी र दण्डहीनताबिारोधी ठूलाठूला अभियान सञ्चालन गरेको बताए । उनले नेपाललाई विकास र समृद्धिको दिशातिर लैजानको निम्ति राष्ट्रिय पुँजीको विकास, उत्पादनको वृद्धि, सामाजिक न्याय स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनतालाई आफ्नो देशभित्रै आफ्ना आफन्तको, बालबच्चाको साथमा र आफ्नो मातृभूमिको साथमा श्रम सिञ्चित सुख जीवन दिलाउने अवसर दिलाउनु अहिलेको आवश्यकता भएको बताए । उनले सुशासन स्थापित नगरी समृद्धिलाई तिब्रता प्रदान गर्न नसकिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ भदौ २०८०, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेडिकल उपकरण निर्माणमा सहयोग गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता
भ्रष्टाचार र देशको सम्पत्ति लुट्ने कार्यमा संलग्न कसैलाई पनि छाडिँदैन : गृहमन्त्री श्रेष्ठ
भ्रष्टचार र कुशासन आर्थिक समृद्धिको मुख्य बाधक बनेको छ : गृहमन्त्री श्रेष्ठ
हामी राजनीतिक साैदाबाजी गर्दैनौं : गृहमन्त्री श्रेष्ठ
देशको समृद्धिमा चिनियाँ सहयोग महत्वपूर्ण : गृहमन्त्री श्रेष्ठ