काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले यस वर्षको हरितालिका तीजलाई सामाजिक सदभाव कायम राख्ने गरी मनाउन आग्रह गरेका छन । आगामी असोज १ गतेको हरितालिजा तीज पर्वलाई मध्यनजर गर्दै उहाँले तिजको मौलिकता र सामाजिक सद्भावलाई ख्याल गर्दै सो पर्व मनाउन सबै नारीहरुलाई आग्रह गरेका हुन।
शनिबार काठमाडौंमा आयोजित ‘तीज तथा सौन्दर्य सम्मान’ कार्यक्रममा बोल्दै मन्त्री देवीले देश र जनताका लागि योगदान दिने नारीहरुलाई सम्मान गर्ने कार्यलाई असल कार्यको संज्ञा दिँदै त्यसलाई निरन्तरता दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।
त्यस अवसरमा मन्त्री देवीले तीजले माईती र चेलीबीचको सम्बन्धलाई अझै आत्मीय बनाउने भएकाले पनि यस पर्वको विशेष महत्व रहेको बताए। कार्यक्रममा सामाजिक क्षेत्र योगदान पुर्याएका नौ जना नारीहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ भदौ २०८०, १५ : ३७
लेखकबाट थप