काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या प्रत्येक दिन बढिरहेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कमा २४ हजार १२ सङ्क्रमित थिए भने आज यो संख्या बढेर २४ हजार ४१७ जना पुगेको छ । अर्थात् ४०५ सङ्क्रमित बढेका हुन् ।
गएको साढे सात महिनाको अवधिमा सङ्क्रमित मध्ये १४ जनाको मृत्यु भएको छ । यस्तै डेंगु सङ्क्रमण ७५ जिल्लामा देखिएको ईडीसीडीले जनाएको छ ।सङ्क्रमण देखिएको जिल्लाहरू मध्ये सबैभन्दा धेरै १३ हजार ८७७ जनामा सङ्क्रमण सुनसरी जिल्लामा पुष्टि भएको छ । दोस्रोमा २ दुई हजार २५४ जना मोरङमा सङ्क्रमण पुष्टि भएको छ । तेस्रोमा २ हजार १९७ जनामा धादिङमा पुष्टि भएको छ ।
यस्तै, १ हजार ३६४ जना झापामा, ४५८ जना काठमाडौँमा, ३७३ जना धनकुटामा, ३३४ जना सङ्खुवासभामा, ३३१ जना धनुषामा, २७३ जना कास्कीमा र २६५ जना कैलालीमा सङ्क्रमित रहेका छन् ।
कुन प्रदेशमा कति सङ्क्रमित
सात प्रदेश मध्ये सबैभन्दा धेरै कोसी प्रदेशमा डेंगु सङ्क्रमित दर उच्च रहको पाइएको छ । महाशाखाका अनुसार कोसी प्रदेशमा मात्रै १८ हजार ६८२ जना डेंगु सङ्क्रमित छन् । त्यसपछि बाग्मती प्रदेशमा ३ हजार ३२४ जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ७०१० जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सुदूरपञ्चिम प्रदेशमा ७१५, मधेस प्रदेशमा ५२२, लुम्बिनी प्रदेशमा ४०१७ र कर्णाली प्रदेशमा ४९ जना सङ्क्रमित पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ भदौ २०८०, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर २८ हजार डेंगु सङ्क्रमित, मृतक संख्या १२ पुग्यो
२२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ को मृत्यु
देशभर १९ हजार बढी व्यक्तिमा डेंगु संक्रमण
डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो
देशभर फैलियो डेंगु, संक्रमितको संख्या ११ हजार नाघ्यो
पोखरामा रोकिएन डेंगु सङ्क्रमण, एक महिनामा ६ गुणाले वृद्धि