काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यवस्थाको रक्षा गरेर देशको परिवर्तन माओवादी केन्द्रको नेतृत्वमा मात्रै सम्भव भएको बताएका छन् । ललितपुर महानगरपालिका २८ र २९ पार्टी वडा समितिले आयोजना गरेका भेलालाई सम्बोधन गर्दै अरु पार्टीभन्दा देशलाई सफल बनाउन माओवादीले भूमिका खेलेको दाबी गरे ।
उनले भने, ‘हाम्रो पार्टी अरुभन्दा राम्रो छ । परिवर्तन ल्याउन पनि हाम्रो पार्टीले लडेको हो । प्रतिगमनलाई असफल पार्न पनि हाम्रो पार्टीले नै संघर्ष गरेको हो । देशमा जति सुधारको भूमिका खेल्ने पनि हाम्रो पार्टी नै हो । अहिले पनि हाम्रो पार्टीको सरकार छ र हामी प्रयत्न गरिरहेका छौं ।’
ओलीले संसद विघटन गरेर संविधानमाथि प्रहार गरेको भन्दै उनले माओवादीकै पहलमा व्यवस्था जोगाइएको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ भदौ २०८०, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी संविधान संशोधनको पक्षमा छ : उपाध्यक्ष श्रेष्ठ
पार्टीभित्र रहेको समस्या रूपान्तरण अभियानबाट हल गछौँ: नारायणकाजी श्रेष्ठ
माओवादीभित्र गुटवाद र व्यक्तिवादको समस्या छः नारायणकाजी श्रेष्ठ
माओवादी ‘जनयुद्ध’ कै कारणले अहिलेको परिवर्तन र उपलब्धि भएको हो : नारायणकाजी श्रेष्ठ
संक्रमणकालीन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न सरकारसँग माग
सरकारले अलोकतान्त्रिक तरिकाले देश चलाउन खोज्यो : श्रेष्ठ