भाइरल सिमरनको नयाँ गीत ‘बरको छेउमा रोए’ सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, २१ भदौ २०८०, १३ : ४७
भाइरल सिमरनको नयाँ गीत ‘बरको छेउमा रोए’ सार्वजनिक

काठमाडौंँ । पछिल्लो समयकी भाइरल गायिका सिमरन परियारको स्वर रहेको नयाँ गीत ‘बरको छेउमा रोए’ सार्वजनिक भएको छ । गीतमा गायनमा सिमरनलाई सिडी विजय अधिकारीले साथ दिएका छन् ।

नवराज भुमरी आचार्य र सिडी विजय अधिकारीको शब्द तथा गीतकार अधिकारीकै संगीत रहेको गीतमा संगीत संयोजन राजु कार्कीको छ ।गीतको भिडियोमा शिमरन परियार, सिडी विजय अधिकारी, सुजनबाबु गुरुङ, रोशन कार्की, जेनिला श्रेष्ठ, दीपेन्द्रराज गिरी, सुरवीर पण्डित, निर्मला भण्डारी, कल्पना श्रेष्ठ लगायतको अभिनय छ ।

 

बासु बरालको छायांकन, दिन्सन शाहको सम्पादन रहेको भिडियो उत्तम श्रेष्ठ शिशिरले निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस